–भुवन कार्कीपश्चिम नवलपरासीको सुनवलदेखि बर्दघाटसम्मको विद्युत प्रसारण लाइन निर्माणको काम रोकिएको छ । उक्त प्रसारण लाइनमा पर्ने सालका रुख काट्ने अनुमति नपाउँदा काम अलपत्र परेको हो । सुनवल– १३ सुर्यबस्तीमा न्यू बुटवल सब–स्टेशनको निर्माण कार्य सम्पन्न भइसके पनि प्रसारण लाइनको काम पूरा नहुँदा २२० केभीको डबल सर्किट प्रसारण लाइन चितवनको भरतपुर जोड्ने योजना अधुरो बनेको छ ।भदौ १५ सम्म निर्माण सम्पन्न गर्नुपर्ने भएपनि वन मन्त्रालयबाट रुख कटानको अनुमति नपाउँदा प्रसारण लाइनको काम सुरु हुन