कालिकोटमा पहिलो पटक राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुगेको छ । दैलेखको दुल्लुबाट ११ केभीए विद्युत लाइन बिस्तार भएसँगै कालिकोटमा राष्ट्रिय विद्युत प्रसारण पुगेको हो । भ्रमणका क्रममा गत बर्ष दैलेखकाे टुनिबगरमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिटाे काम सक्न निर्देशन दिएका थिए ।शाहीले निर्देशन दिएसँगै काम तिव्र गतिमा अघि बढेकाे थियाे ।साविक कर्णाली अञ्चलका कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामध्ये कालीकाेट राष्ट्रिय विद्युत प्रसारणकाे लाइन पुग्ने पहिलाे जिल्ला हाे