३० वैशाख, काठमाडौं । बझाङको मष्टा गाउँपालिका-५ द्वारिकानाथ आधारभूत विद्यालयमा चार पटक सम्म झडप भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले वृद्धवृद्धा मतदाताको मत आफैं हालिदिएको भन्दै एमालेले विरोध जनाएपछि पटक पटक झडप भएको हो । झडप भए पनि मतदान स्थगित भएको छैन । शुक्रबार दिउँसो चौथो पटकको झडपमा भने ढुंगा हानाहान भएपछि भागदौड भएको छ […]