भोटेकोशी किनारमा सावधान रहन आग्रह

रसुवा : भोटेकोशी नदीमा पानीको बहाव एक्कासि बढ्दै गएकाले पूर्वसावधानी अपनाउन रसुवा प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी प्रमुख सुवाष बुढाथोकीका अनुसार तिब्बतदेखि प्रवाह भई रसुवागढीबाट नेपाल भित्रिने भोटोकोशीमा आज (बुधबार) अपराह्नदेखि पानीको बहाव ह्वात्तै बढेकाले नदी किनारका आसपासमा बसोबास गर्ने बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको हो।अहिले भोटेकोशी खोलाको बाढी स्याफ्रुबेँसीबाट तल झरेको बताइएको छ। बेत्रावती तथा मैलुङ क्षेत्रका नदी आसपासका बासिन्दालाई माइकिङद्वारा सूचना प्रवाह भइरहेको प्