कोरोना संक्रमित व्यक्तिको आँसुबाट पनि भाइरसको संक्रमण फैलने खतरा छ । यस्तोमा आँखाका डाक्टरलाई थप सावधान रहन सल्लाह दिइएको छ । भारतको अमृतसरको सरकारी मेडिकल कलेजले एक अनुसन्धानमा यस्तो दाबी गरेको छ । यो शोधका लागि बिरामीको आरटी–पीसीआर रिपोर्ट आउनु ४८ घण्टा भित्र आँसुको नमूना लिइएको थियो ।अनुसन्धानका अनुसार अक्युलर मेनिफेस्टेशन भएका रोगीको आँसु कोरोना संक्रमणको सम्भावित कारण हुनसक्छ । अक्युलर मेनिफेस्टेशन त्यो लक्षण हो जसले शरीरमा देखिएको कुनै रोगका कारण आँखामा असर पार्छ ।१२० बिरामीमा गरियो