राजश्व अनुसन्धान विभागले पछिल्लो ८ महिनामा ११५ वटा मुद्दा दायर गरेको छ । विभागले राजश्व चुहावट सम्बन्धी ६९ वटा र विदेशी विनिमय अपचलनमा ४६ वटा गरेर उक्त मुद्दा दायर गरेको हो ।विभागका अनुसार राजस्व चुहावट सम्बन्धि ६९ वटा मुद्धा दायर गरिएको छ । २०३ जनाविरुद्ध दायर गरिएको मुद्धामा कुल २० अर्ब ६१ करोड ३० लाख ८६ हजार ७९० रुपैयाँ बिगो दाबी गरिएको छ । यस मुद्धामा १० अर्ब ३० करोड बिगो दाबी र १० अर्ब ३० करोड जरिवाना रकम राखिएको छ ।यसैगरी, विदेशी विनिमय अपचलन विषयमा ४६ वटा मुद्धा दायर गरिएको छ । यसअन्