राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने निरज ट्रेडर्स विरुद्ध करोडौं रकम मागदाबी गर्दै मुद्दा दायर गरेको छ । विभागले चितवनमा व्यवसाय गर्ने ट्रेडर्सका सञ्चालकहरु श्रीराम ठाकुर र जटशंकर जैसवालविरुद्ध मुद्दा दायर गरेको हो ।जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर बिजक खरिद गरेर वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरेर कम्पनीले राजश्व चुहावट गरेको पाइएको विभागले जानकारी दिएको छ । राजश्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधनसहित) को दफा ३ ले सोही ऐनको दफा ४