यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १४५ अंकको गिरावट आएको छ । २२ सय २३ अंकबाट कारोबार सुरू भएको नेप्से परिसूचक साताभरमा करिब ६ प्रतिशतको गिरावटसँगै २०७८ अंकमा आइपुगेको हो । यससँगै यस साता नेप्सेमा सेन्सेटिभ इण्डेक्स ६.२० प्रतिशत र फ्लोट इन्डेक्स ६.१९ प्रतिशतले खुम्चिएको छ ।साताको ५ कारोबार दिन नै घटेको नेप्सेमा झण्डै १५० अंकको गिरावट देखिएको थियो । नेप्से परिसूचक उच्च अंकले घटे पनि यो साता सेयर कारोबार रकम भने बढेको छ । साताको ५ कारोबार दिनमा ६ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ