आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिका मेयर पदको लागि शनिवार नाम चलेका एक व्यवसायीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जन सेवकलाई चुनौ भने मुल नाराका साथ रमण कन्स्ट्रक्सनका संचालक बलराम महतोले मेयरको लागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन ।काँग्रेस, एमाले, जसपा, लोसपा लगायतका दलले अहिलेसम्म जनकपुरधाम उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन स