धनगढीको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

धनगढी- सुदूरपश्चिम प्रदेशका चर्चित व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि व्यवसायी हमालले मेयर पदको स्वतन्त्र उम्मेदवारी दिने बिहीबार धनगढीमा एक समारोह आयोजना गरी घोषणा गरेका हुन् । उनले आफू निर्वाचित भएमा सरकारी सुविधा नलिएर पाँच वर्षसम्म सेवा गर्ने घोषणा समेत गरेका छन् […]