कैलाली ५ मा पूर्वराज्यमन्त्री ओझाको स्वतन्त्र उम्मेदवारी घोषणा
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । धनगढीमा शुक्रबार पत्रकार सम्मेलन गरेर उनले स्वतन्त्रबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्...
नेपाली कांग्रेसको कारबाहीमा परेका पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले उम्मेदवारी घोषणा गरेका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ओझा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । 'नेपाली कांग्रेसका सभापति आए तपाईंको उम्मेदवारी रोकिन्छ ?' भन्ने पत्रकारको जिज्ञासामा उनले आफू नेपाली जनताको आत्मसम्मानको लागि राजनीति गरेको बताउँदै कुनै पनि व्यक्ति आए पनि पछि नहट्ने बताएका छन् । कांग्रेसले पनि आफूलाई उम्मेदवार बनाउनेमा आफू विश्वस्त नभएको उनको भनाइ छ ।शुक्रबार धनगढीमा