पालिकाका अधिकारीले बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने

काठमाण्डाै – पालिकाका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएअनुसार जिल्ला समन्वय समितिका अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले जानकारी दिनुभयो । उहाँले जानकारीविना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृितविना बिदा पनि बस्न नपाइने बताउनुभयो ।&nb...

सम्बन्धित सामग्री

खेलकुद मन्त्रालयको स्तर उठाएँ : गहतराज

१२ पुस, काठमाडौं । निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले आफ्नो कार्यकालमा मन्त्रालयको स्तर उकासेको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले मन्त्रालयको स्तर उठाएर बिदा भएको बताएका हुन् । लामो समयदेखि हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरेको, खेलकुद विश्वविद्यालय स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको, खेलाडीहरुको सम्मान र […]

स्थानीय तहका अधिकारीले बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने  भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले  बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट  स्वीकृति गराउनुपर्ने  उक्त मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले जानकारी दिए ।उनले जानकारीविना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृित

जेठ १ देखि विद्यालय पनि हप्तामा २ दिन बिदा, मिन पचासको बिदा ३० दिनमा झारियो

काठमाण्डाै – जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज बुधवार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिए पनि विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कायम गर्ने निर्णय भएको छ । यसअघि शुक्रवार आधा दिन मात्र पढाइ हुने गरेकोमा अब शुक्रवार पूरै दिन पढाइ हुनेछ । य...

दशैँ बिदा लम्बियो,अरु के–के बिदा थपियो ?

आगामी वर्ष २०७९ देखि दशैँ बिदा लम्बिएको छ । सरकारले दिन चाडपर्व बिदामा दशैँ बिदा एक दिन लम्बिएको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार हालैको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ बिदा लम्ब्याएको हो ।गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बिदा सूचीअनुसार दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ । यसअघि एकादशीसम्म मात्रै बिदा हुन्थ्यो ।  जसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ भने तिहारको बिदा पनि कात्तिक ७ देखि १० गतेसम्म हुनेछ । यसैगरी आगामी वर्ष क्

ल्होसारको अवसरमा सार्वजनिक बिदा

सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  गृह मन्त्रालयले सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा बिदा दिइएको जनाएको हो ।  सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ल्होसारको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको मन्त्रालयको भनाइ छ ।

आज सार्वजनिक बिदा

काठमाडौँ – सरकारले तमु ल्होसारका अवसरमा बिहीबारसार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले प्रकाशित सूचनामा जनाइएको थियो । तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा उल्लेख छ ।

भोलि सार्वजनिक बिदा भनेर 'फेक' सूचना बनाउनेलाई खोज्दै प्रहरी

काठमाडौं : भोलि ( बिहीबार) सार्वजनिक बिदा भन्दै केही सामाजिक सञ्जालमा गृह मन्त्रालयको गलत सूचना बनाएको भेटिएको छ। मन्त्रालयले सार्वजनिक बिदाको प्रस्ताव गरे पनि निर्णय भएको छैन। बिदाको निर्णय बुधवार नै बस्ने मन्त्रिपरिषद् बैठकले गर्दैछ। तर बैठक अगाडि नै बिदा भन्दै फेक सूचना बनाएको पाइएपछि मन्त्रालयले खोजी गरेको छ। 'अहिलेसम्म बिदाको निर्णय भएको छैन। यस्तो फेक…

अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति

४ साउन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका एक जना डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलासा भएको छ । इन्जिनियरिङ संकायका डीन अनन्तराज घिमिरेले अध्ययन बिदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएका हुन् । सो कम्पनीको अध्यक्ष ऊर्जा मन्त्रालयको सचिव हुने व्यवस्था छ । सहप्राध्यापक […]

२०७८ सालमा कति दिन सार्वजनिक बिदा ? यस्तो छ गृह मन्त्रालयको सूचना

आगामी वर्ष २०७८ सालका लागि सरकारले सार्वजनिक बिदा निर्धारण गरेको छ । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले गरेको सार्वजनिक बिदा सम्बन्धी निर्णयको सूचना सोमवार नेपाल राजपत्रमा प्रकाशित भएको छ । सूचनामा देशभर लागू हुने, सम्बन्धित क्षेत्र, समुदाय र धर्मावलम्बीमा लागू हुने लगायत सार्वजनिक बिदा समावेश छन् । सूचनामा सरकारी कार्यालयमा हाजिर हुने र छुट्ने हुने समयबारे समेत उल्लेख गरिएको छ । पढ्नुहोस् विस्तृत सूचना –