जेठ १ देखि विद्यालय पनि हप्तामा २ दिन बिदा, मिन पचासको बिदा ३० दिनमा झारियो

काठमाण्डाै – जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन नै बिदा हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आज बुधवार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार विद्यालय पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । हप्तामा दुई दिन शनिवार र आइतवार बिदा दिए पनि विद्यालय खुल्ने र बन्द हुने समय भने यसअघि जस्तै बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कायम गर्ने निर्णय भएको छ । यसअघि शुक्रवार आधा दिन मात्र पढाइ हुने गरेकोमा अब शुक्रवार पूरै दिन पढाइ हुनेछ । य...

सम्बन्धित सामग्री

उच्च गर्मीले बुटवलका विद्यालय २ दिन बन्द

२० वैशाख,बुटवल । बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको …

विद्यालयलाई हप्तामा २ दिन बिदा नदिन भक्तपुर नगरपालिकाकाे निर्देशन

काठमाण्डाै – हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाले आज सूचना निकालेर  शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको हो ।  सरकारले जेठ एक अर्थात् आजदेखि लागू हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि नगरपालिकाले आज सूचना निकालेर अर्को सूचना नआएसम्म विद्यालय बन्द नगर्न भनेको हो । शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले अहिले भर्ना क...

भक्तपुरका विद्यालयमा २ दिन बिदा नगर्न निर्देशन

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकाले विद्यालयहरु साताको दुई दिन बिदा नगर्न निर्देशन दिएको छ । नगरपालिकाले सरकारले आजदेखि लागु गरेको शैक्षिक संस्थाहरु शनिबार र आइतबार बिदा दिने निर्णयको विपक्षमा सबै सामुदायिक र नीजि विद्यालयलाई निर्देशन दिएको हो । नगरपालिकाले आज एक सुचना जारी गर्दै अर्को सुचना नआएसम्मको लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न […]

हप्तामा २ दिन बिदा दिने सरकारकाे निर्णय मान्दैनाैँ - निजी शैक्षिक संस्था

काठमाण्डाै – निजी शैक्षिक संस्थाले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थासँग कुनै छलफल नगरि गरिएकाे निर्णय नमान्ने बताउनु भयो ।न्युज एजेन्सी नेपालीसँग कुरा गर्दै उहाँले हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीमा मानसिक दबाब पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मान्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अपर्झट निर्णय आएको छ । हामीलाई पढाउ...