सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सूचना जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा बिदा दिइएको जनाएको हो ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ल्होसारको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको मन्त्रालयको भनाइ छ ।