काठमाडौं । हार्ड रक क्याफे काठमाडौंस्थित दरबारमार्गमा खुल्ने भएको छ ।
शेर्पा मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने यस रेस्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको जनाइएको छ ।
क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण बर्गर हो । क्याफेमा सयजना स्थानीय कामदारहरू रहने कम्पनीले जनाएको छ ।