हार्ड रक क्याफे सञ्चालनमा

काठमाडौंमा हार्ड रक क्याफे सञ्चालनमा आएको छ । दरवारमार्गस्थित शेर्पा मलमा सुरु भएको सो क्याफेमा सर्वसाधारणका लागि खुला गरिएको छ ।संगीत उद्योगका केही कलाकारहरु लेडी गागा, रिहाना, मेटालिका,द रोलिङ स्टोन्सर माइकल ज्याक्सनको स्मरणीय मेमोरेबिलिया, प्रदर्शन गर्नुका साथै, क्याफेले अमेरिकाको प्रसिद्ध मेनु र हस्तसिल्पबाट बनाइने कक्टेल्स उपलब्ध गराएको क्याफेले जनाएको छ । मलको पहिलो र माथिल्लो […]

सम्बन्धित सामग्री

थीम रेस्टुराँमा विवाद

भैरहवामा सञ्चालनमा आएको जेल रेस्टुराँ जिल्ला प्रशासन कार्यालय रूपन्देहीले बन्द गराएको र केही शर्तसहित सञ्चालन गर्न भनेको समाचार पढ्दा नेपालको प्रशासनिक क्षेत्रका मानिसले नयाँ सोचलाई स्वीकार गर्न नसक्ने तथ्य पुष्टि गरेको छ । जेलका कोठाहरू, हतकडी, बन्दुक, फाँसीको डोरीलगायत सामग्री राखेर जेलको थीममा सञ्चालनमा ल्याइएको रेस्टुराँमा खाना खाने ग्राहकले टिकटक र अन्य सामाजिक सञ्जालमा फोटो राखेपछि त्यो बन्द गराएको देखिन्छ । तर, व्यवसायीको विरोधपछि प्रशासन केही लचिलो त बनेको छ । तर, यसले थीम रेस्टुराँ के हो र किन यसप्रति आकर्षण छ भनेर प्रशासनिक संयन्त्रले नबुझेको देखिन्छ । डर, त्रास र आतंकको अनुभव गर्न र मृत्युको भयलाई नजिकैबाट हेर्न पनि पर्यटक जाने गरेका छन् । डार्क टुरिजम पर्यटनको सशक्त विधा बनेको छ । जेल थीमको रेस्टुराँ पनि यस्तै खालको हो । विश्वकै प्रवृत्ति पन्छाउँदै नेपालमा पनि थीम रेस्टुराँ खोल्ने लहर चलेको छ । कोरोना शुरू हुनु अघि रेस नेपालले पार्टी बस सञ्चालनमा ल्याएको थियो । बसभित्रै पार्टी मनाउने गरी यो रेस्टुराँ शुरू गरिए पनि कोरोनाका कारण सञ्चालन भएन । खानाका परिकार, पस्कने तरिका, साजसज्जा, भाँडाकुँडा आदिमा नयाँपन दिने क्रम निकै बढेको छ । साथै नेपालीमा बाहिर खाने प्रवृत्ति पनि बढ्दो छ । यही क्रममा रूपन्देहीमा जेलको थीममा रेस्टुराँ बनेको देखिन्छ । तर, प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरतमणि पाण्डेले रेस्टुराँको नाम परिवर्तन गर्नुपर्ने, त्यहाँ प्रयोग गरिएका ‘थिम’हरू परिमार्जन गरेर सञ्चालन गर्नदिने बताएका छन् । हतकडी, फाँसीको फन्दा, बन्दुकहरू राखिएको जेल नै देखिनेजस्तो वातावरण हटाउनुपर्ने प्रशासनको भनाइ छ । यो भनेको थीम रेस्टुराँ के हो भनेर थाहा नहुनु हो । भिन्न स्वभाव र रुचि नै मानिसको चिनारी हो । मानिस जहिले पनि नयाँपनको खोजीमा रहेको हुन्छ । पर्यटनको शुरुआत पनि यसैबाट भएको हो । डर, त्रास र आतंकको अनुभव गर्न र मृत्युको भयलाई नजिकैबाट हेर्न पनि पर्यटक जाने गरेका छन् । डार्क टुरिजम पर्यटनको सशक्त विधा बनेको छ । जेल थीमको रेस्टुराँ पनि यस्तै खालको हो । थीम रेस्टुराँको इतिहास १९औं शताब्दीको प्रारम्भमा पेरिसबाट शुरू भएको मानिन्छ । त्यहाँको एउटा नाइट क्लब मृत्यु, स्वर्ग र नरकको थीममा सञ्चालन भएको थियो । त्यस्तै खालको रेस्टुराँ त्यसपछि न्यूयोर्कमा पनि त्यही समयमा खुलेको हो । यही बेलादेखि खाना खाने ठाउँ, खाना र खाना सर्भ गर्ने तरीकामा नयाँपनको खोजी हुन थालेको हो । डिज्नेल्यान्ड थीम पार्क खुलेपछि थीम रेस्टुराँ र होटलहरू खुल्ने क्रम झनै तीव्र भयो । स्पेनमा मेडियाभल टाइमको चेन रेस्टुँरा १९७० मा खुल्यो । हार्ड रक क्याफे, प्लानेट हलिवुड, रेनफरेस्ट क्याफे थीम क्यामेका उदाहरण हुन् । चीनको ताइपेमा शौचालय थीमको रेस्टुराँ छ । शौचालयमा बसेजस्तो गरी प्यान आकारको टेबलमा प्यान आकारको कटोरामा नै खाना पस्किइन्छ । त्यस्तै दक्षिण कोरिया एउटा यस्तो क्याफे छ जहाँ एक दर्जनभन्दा बढी जनावरहरू छन् । ती जनावरसँग जिस्किँदै खाना खाने व्यवस्था छ । सिंगापुरमा अस्पताल थीमको रेस्टुराँ छ । त्यहाँ अपरेशन टेबलमा खाना पस्किइन्छ । बिरामीले लगाउने लुगा लगाउनुपर्छ । सिरिन्जबाट सस लिनुपर्छ । स्टेथिस्कोप झुन्ड्याएका वेटरले सेवा दिन्छन् । न्यूयोर्कमा निन्जा थीमको रेस्टुराँ छ । निन्जाको पहिरन लगाएका कर्मचारी हुन्छन् । जापानको जेल थिमको अल्कार्टज रेस्टुराँ पनि विशेष छ । यसमा जेलको सेलमा ग्राहक थुनिन्छन् र टेबलमा हतकडी हुन्छ । एयरप्लेन थीमको रेस्टुराँ छ, ताइवानमा । विमानमा यात्रा गरेजस्तै गरी खाना खान सकिन्छ । ताइपेमा स्काइ रेस्टुराँ छ जहाँ आकाशमै रहेर खाना खाएको अनुभव गर्न सकिन्छ । यसमा वेटरले एयर होस्टेसको ड्रेस लगाएका हुन्छन् । यस्तै स्पेनको भूकम्पको थीममा बनेको रेस्टुराँ छ जहाँ खाना खाँदै अचानक ठूलो भुइँचालो आउँछ र अँध्यारो हुन्छ । लेबनानमा सेनाको थीममा बनेको रेस्टुराँ छ । यहाँका भित्ताहरू, गोलाबारुद, क्यामरुफेज जालका साथ सजाएका पर्खालहरू हुन्छन् । बन्दुक र हेलिकोप्टरका आवाज आइरहेको हुन्छ । भान्साको नाम पनि सैन्य संरचनाअनुसारका छन् । विश्वभरि नै मृत्युदण्ड, जेल, मृत्यु र नरकजस्ता थीम रेस्टुराँप्रति मानिस आकर्षित भएको पाइन्छ । तीमध्ये जेल थीमको रेस्टुराँ प्रायः मुलुकमा पाइन्छन् । भारतमा मात्रै जेलको थीममा सयौं रेस्टुराँ सञ्चालनमा रहेका छन् । नेपालमा पनि थीम रेस्टुराँ खुल्न थालेको केही समय भएको छ । थ्रीडी चित्र भएका, सांस्कृतिक झलक दिने, रूख जंगलको छनक दिने विविध खालका थीम रेस्टुराँ खोल्ने क्रम तीव्र बनेको छ । रेस्टुराँमा नयाँपन दिने क्रममा नै भैरहवामा जेल थीम रेस्टुराँ सञ्चालनमा आएको देखिन्छ जुन भारतमा भएको जेल रेस्टुराँबाट प्रभावित छ । अहिले प्रशासनले जेल थीम र नाममै आपत्ति देखेको पाइन्छ । त्यसैले नाम फेर्न र थीममा परिवर्तन गर्न दबाब दिएको हो । तर, यसमा आपत्ति देख्नुपर्ने र बन्देज नै लगाउनुपर्ने कारण नै छैन । विश्वभरि चलेको प्रवृत्ति नेपालमा किन अनुपयुक्त भयो भन्ने प्रश्नको जवाफ प्रशासनसँग देखिँदैन । भारतमा मात्रै सयौं रेस्टुराँ जेलको थीममा बनेका छन् । मानिसहरू हतकडी लगाएर खाना खाइरहेको फोटो सामाजिक सञ्जालमा हालिरहेका छन् । विश्वभरि यो अनुपयुक्त नहुने तर नेपालमा चाहिँ आकाशै खसेजस्तो गर्नुपर्ने कारण देखिँदैन । फरक अनुभव सँगाल्ने चाहने खानाका पारखीहरू यस्तो रेस्टुराँमा आउँछन् । अमेरिका, बेलायत, जापान, थाइल्यान्ड, दक्षिण अफ्रिकादेखि धेरै देशमा जेल ढाँचाका रेस्टुराँहरू खुलिसकेका छन् र यसको इतिहास निकै लामो छ । तर, ती देशमा सरकारले जेलको संरचना जस्तो देखिएको तथा खेलौना बन्दुक र डोरीजस्ता कुरा राख्दैमा बन्दै गरेको पाइँदैन । आमप्रवृत्तिभन्दा फरक खालका हुने भएकाले झट्ट हेर्दा र सुन्दा अनौठो लाग्ने यस्ता रेस्टुराँ चर्चामा रहेको पाइन्छ । नेपालमा पर्यटन व्यवसायलाई बलियो बनाउनु छ भने नयाँ थीम, नयाँ शैली र नयाँ खालका सेवासुविधा दिने होटल, रेस्टुराँ खोलिनु आवश्यक हुन्छ तर त्यसले अपराधलाई मलजल गर्नु हुँदैन । त्यसमा कडा नियमन चाहिन्छ । तर, व्यवसायको मर्म नबुझी कुनै व्यवसाय बन्द गराउन लगाउने प्रवृत्तिले व्यावसायिक वातवरण बिथोल्ने काम गर्छ ।

सञ्चालनमा आयो ‘हार्ड रक क्याफे’ (तस्वीरसहित)

काठमाडौँ । दरबारमार्गस्थित शेर्पा मलमा हार्ड रक क्याफे संचालनमा आएको छ । क्याफेमा प्रख्यात कलाकारहरुको सांगीतिक उपकरणलगाएत उनीहरुद्वारा प्रयोग गरिएका विभिन्न सामग्रीहरु प्रदर्शनमा राखिएको छ । शेर्पा मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालित सो रेष्टुरेन्टमा २६० जनासम्म अटाउने क्षमता रहेको क्याफे सञ्चालकले जानकारी दिएका छन् । । धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत् आपूर्ति गरिने […]

शेर्पा मलमा खुल्यो ‘हार्ड रक क्याफे’

अन्तर्राष्ट्रिय ब्राण्ड हार्ड रक क्याफे दरबारमार्ग स्थित शेर्पा मलमा खुलेको छ। बुधबार एक कार्यक्रम गरी उक्त क्याफे सञ्चालनमा ल्याएको सञ्चालकले जानकारी दिएको हो।

नेपालमा पहिलो पटक हार्ड रक क्याफे खुल्दै

नेपालमै पहिलो पटक दरबारमार्ग शेर्पा मलमा हार्ड रक क्याफे खुल्ने भएको छ ।सांगीतिक क्षेत्रका प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रहका साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स्का साथ प्रस्तुती पनि पेश गर्ने भएको हो । भव्य मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने यस रेष्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको छ, जहाँ […]

हार्ड रक क्याफे काठमाडौंमा खुल्ने

काठमाडौं । हार्ड रक क्याफे काठमाडौंस्थित दरबारमार्गमा खुल्ने भएको छ । शेर्पा मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने यस रेस्टुरेन्टले भित्री भागका साथसाथै बाहिरी छत पनि समेटेको जनाइएको छ । क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण बर्गर हो । क्याफेमा सयजना स्थानीय कामदारहरू रहने कम्पनीले जनाएको छ ।