रुपन्देहीस्थित विभिन्न ५ राजनीतिक दलका नेताले संवैधानिक इजलासको फैसलाप्रति समर्थन जनाएका छन् ।संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गरेकोमा स्वागत गर्दै उनीहरुले लोकतन्त्र, न्याय र विधिको शासनलाई न्यायालयले बचाएको टिप्पणी गरेका छन् ।नेपाली काँग्रेसको रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा एमालेका अध्यक्ष राजु गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष राम अवतार यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बद्रे आलमले संयुक्त विज्ञप्ति जारी गर