राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएका उनले सर्वोच्चले असार २८ गते सो निर्णय सच्याउनु सकारात्मक रहेको बताए ।उनले आफूले गुण दोषको आधारमा शेरबहादुर देउवा नेतृत्वको सरकारको काम कारबाहीप्रति समर्थन जनाउने बताउँदै अहिलेको अवस्था केपी ओली भन्दा देउवा ठीक भएको प्रतिक्रिया दिए । विगतमा आफूले ओलीले केही राम्रो काम गर्दा समर्थन गरेको स्मरण गर्दै लोहनीले पछि एकपछि अर्को गर्द