काठमाडौं। वरिष्ठ अभिवक्ता महादेव यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको परमादेशबाट प्रधानमन्त्री बनाउनुपर्ने जिकिर गरेका छन्। संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै उनले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने बताए। प्रधानमन्त्री नियुक्तिका लागि सांसदहरू स्वतन्त्र हुने भन्दै दलीय ह्वीप नलाग्ने यादवको दाबी थियो।