काठमाण्डौ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले उज्यालोलाई जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिने भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो ।
हिजो बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारल...