प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको छ । बुधबार वरिष्ठ अधिवक्ताहरु महादेव यादव, शम्भु थापा, बद्रीबहादुर कार्कीलगायतले बहस गरेका छन् । संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्यलाई दलको समर्थन नचाहिने बताए ।“७६ ९५० बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक […]