बाढी पूर्वानुमान महाशाखाले बागमती नदीको तटीय क्षेत्रमा जलसतह खतरा तह पार गरेकाले सतर्क रहन अनुरोध गरेको छ ।
ट्विटरमार्फत बिहान एक सूचना जारी गर्दै महाशाखाले भनेको छ, ‘हाल बागमतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटिय क्षेत्रमा हुनेहरू आज बेलुका सम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहोला/जानुहोला ।’
देशका अन्य ठाउँमा समेत बाढीको खतरा रहेको महाशाखाले जनाएको छ । ‘सिन्धुली जिल्लास्थित कमला नदी, रानीबास जलमाप...