१५ वैशाख, काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उत्तरी छिमेकी चीनसँग कुनै प्रकारको सीमा सुरक्षासम्बन्धी समस्या नरहेको बताएकी छन् । बिहीबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता लम्सालले उक्त जानकारी गराएकी हुन् । लम्सालले नेपाल–चीन गृह सचिवस्तरीय बोर्डर टास्कफोर्सको बैठक सम्पन्न भएको जानकारी दिँदै भनिन्, ‘चीनसँग कुनै प्रकारको सीमा सुरक्षासम्बन्धी समस्या छैन । […]