काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन् ।
अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको गोष्ठीमा पोखरेलले संघीय संसद्ले पारित गरेको विधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताए ।
उनले चुनावी स्वार्थका लागि विदेशीहरूसँगको साँठगाँठमा गठबन्धन सरकारले हतारमा...