म्याग्दी : जिल्लाको दुर्गम भनेर चिनिने धवलागिरि क्षेत्रमा अथाह सम्भावनाहरूलाई गर्भमा लुकाएर मानिसहरूको बुद्धि,वर्ग र क्षमताको परीक्षा लिइरहेका म्याग्दीका पश्चिमी क्षेत्रहरू हुन् धवलागिरि,मालिका र मंगला गाउँपालिका ।म्याग्दीका ६ वटा स्थानीय तहमध्ये धवलागिरि गाउँपालिका दुर्गम र विकट मानिन्छ। धवलागिरि गाउँपालिका साविकको गूर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकम गाविसलाई मिलाएर बनाइएको हो। हिमाली जिल्ला म्याग्दीको झण्डै ४५ प्रतिशत भू–भाग धवलागिरिले मात्रै ओगट्छ।पर्याप्त मात्रामा जडिबुटीको