नयाँ बजेट : जडिबुटी खेती र प्रशोधन उद्योग स्थापनामा प्राथमिकता

सरकारले आगामी आर्थिक वर्ष जडिबुटी खेती र प्रशोधन उद्योग स्थापनामा जोड दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष नेपालमा जडिबुटी खेतीलाई प्राथमिकतामा राख्ने जानकारी दिए ।उनले प्रदेश स्तरमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने बताए । सरकारको अनुमतिमा सबै किसिमका जडिबुटी खेती गर्न र निर्यात गर्न प्रोत्साहन गरिने छ । सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालन गरिने छ । सरकार र निजी क्षेत्रको सहकार्यमा जडिबुटी खेती गर्ने योजना अघि बढाइने छ ।

सम्बन्धित सामग्री

सांसद जैरुको प्रश्न :  नेपालजस्तो देशमा एक वर्षमा १० अर्बको काठ किन आयात भयो ?

सांसद निरादेवी जैरुले नेपाल जस्तो देशमा वार्षिक १०अर्बको काठ आयात गर्नुपर्ने अवस्था कसरी आयो भन्दै प्रश्न गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जैरुले वन व्यवस्थापनमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताइन् । उनले भनिन्–‘एक वर्षमा मात्र १० अर्बको काठ नेपाल आयात भएको छ ।  नेपाल जस्तो ठाउँमा पनि किन बाहिरबाट काठ ल्याउनुपर्ने अवस्था आयो रु बन व्यवस्थापन र जडिबुटी खेती तथा संरक्षणका लागि बजेट व्यवस्था किन गरिएन ?’उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन

प्रदेशैपिच्छे प्रधानमन्त्री जडिबुटी स्वरोजगार कार्यक्रम

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रम समावेश नगर्न मन्त्रालयहरूलाई पत्राचार गरे पनि वन तथा वातावरण मन्त्रालयले सातै प्रदेशमा प्रधानमन्त्री जडिब्ुटी स्वरोजगार कार्यक्रम सञ्चालन गर्न बजेट माग गरेको छ ।आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि सातै प्रदेशमा प्रधानमन्त्री जडिब्ुटी स्वरोजगार कार्यक्रमलाई मुख्य प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको वन मन्त्रालयले जडिबुटी खेती प्रवद्र्धनमा […]