मौज्दात जडिबुटी बेच्न अन्तर्राष्ट्रिय बजारको खोजी

सरकारी स्वामित्वमा रहको कोटेश्वरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले जडिबुटी बिक्रीका लागि अन्तर्राष्ट्रिय बजारको खोजी गरिरहेको छ । जडिबुटी बिक्री नभएपछि मौज्दात रहँदा कम्पनीले अन्तर्राष्ट्रिय बजारको खोजी गरेको हो । कम्पनीका अनुसार १५ करोड मूल्य बराबरको सुगन्धित तेलले बजार पाउन सकेको छैन । सुगन्धित तेलका लागि संकलित कच्चा पदार्थ कम्पनीमै मौज्दात अवस्थामा रहेको छ । […]