गुपचुप रुपमा विवाह गरेकी अभिनेत्री रेखा थापाले आफूलाई तामझाममा विश्वास नभएको बताएकी छन् । उनले तामझामका साथ बिहे नगर्ने भनेर पहिले नै भनेको स्मरण गर्दै सोही अनुसार व्यक्तिगत मामिलाबारे सार्वजनिक नगरेको पनि बताइन् । रातोपाटीसँग कुरा गर्दै रेखाले भनिन्, ‘विवाह मेरो व्यक्तिगत कुरा भएकोले अहिले सार्वजनिक नगर्ने सोच थियो । कसोकसो बाहिर आएछ । मैले पहिले भनेको थिएँ। विवाह तामझाम गर्दिनँ । त्यही अनुसार विवाह गरेँ ,’रेखाले कोट म्यारिजनै आफ्नो आधिकारीक विवाह भएको बताइन् । उनले काठमा