आईपिओ निष्कासनको समय सर्दै

सरकारी स्वामित्वमा रहको कोटेश्वरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले सर्वसाधरणका लागि प्रथामिक शेयर (आईपिओ) निष्काशनको तयारी गरेको वर्ष दिन नाग्दा पनि निष्काशन गर्न सकेको छैन । कम्पनीमा जडिबुटी मौज्दात रहँदा देखिएको घाटा, कर्मचारीको अभाव लगायतका कारण आइपिओ निष्काशनको भाका सारिदै लगिएको हो । ३ वर्षसम्म नाफामा गएपछि सर्वसाधरणका लागि आईपिओ निष्कासन गर्नुपर्ने प्रावधान अनुसार कम्पनीले […]

सम्बन्धित सामग्री

हाइड्रोको आईपिओलाई अनुमति दिने विषयमा इप्पान र धितोपत्र बोर्डबीच छलफल

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)ले आईपिओ निष्काशनको अनुमति दिने विषयमा नेपाल धितोपत्र बोर्डसँग छलफल गरेको छ । इपानलप संंयोजकत्वमा आईपिओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत आयोजनाका प्रतिनिधिहरुले आज आइतबार बोर्डका पदधिकारीहरुसँग भेटेर जलविद्युत कम्पनीहरुको आईपिओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेका हुन्।आईपिओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुको सम्बन्धमा बोर्डले लामो समय भइसक्दा समेत कुनै सुनुवाई नगरेपछि इपानले आज बोर्डका पदाधिकारीसँग भेट गरी यस्तो माग गरेको हो । जलबिद्युत कम्पनीहरुको आईपिओको सम्बन्धमा बोर्ड अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीर रुपमा प्रभाबित भएको इपानले जनाएको छ।छलफलको क्रममा इपानले आईपियो जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प हुन थालेको, निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था श्रृजना भएको , आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको समस्याबारे अवगत गराएको छ ।आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बांै रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक तथा वित्तीय संस्थाहरु प्नि गम्भीर रुपले प्रभाबित हुने कुरातर्फ इप्पानले धितोपत्र बोर्डका पदाधिकारीहरुको ध्यानाकर्षण गराएको थियो ।जवाफमा बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीएल जलविद्युत आयोजनाको आईपिओ निष्कासन सम्बन्धि फाइलहरु बोर्डबाट स्वीकृतिका लागि अगाडी बढाईसकेको र सोको बारेमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा अर्थ मन्त्रालयका सचिवसंग बारम्बार छलफल भइरहेको जानकारी दिएको इपानले जनाएको छ। इप्पानले एक हप्ताभित्र जलविद्युत कम्पनीहरुको आईपियो निष्कासनको अनुमतिको कार्य अगाडि बढाई निर्माणमा रहेका आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न हुने वातावरण सिर्जना गरिदिन माग गरेको छ। साथै, यसको सुनुवाई एक हप्ताभित्र नभएमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

२ दिन मै १० लाख बढीले भरे सामलिङ्ग पावरको आईपिओ

सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा १९ गुणा बढीको आवेदन परेको छ ।  शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा १०  लाख ६३ हजार २  सय १६ जना आवेदकबाट १ करोड २९ लाख ५९ हजार ४० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले कार्तिक ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा कार्तिक ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्कासनको लागि  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो । यो पनि : सामलिङ्ग पावर आईपिओ रिभ्यु: समय अगावै उत्पादन सुरु, अर्को वर्ष लाभांश प्रक्षेपण

सामलिङ्ग पावरको आईपिओमा पहिलो दिन नै ७ गुणा बढीको आवेदन

सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै ७.८३ गुणा बढीको आवेदन परेको छ । आज साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा ४ लाख ३० हजार ५ सय २१ जना आवेदकबाट ५३ लाख १८ हजार ५ सय २० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले आज कार्तिक ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा कार्तिक ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्कासनको लागि  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो । यो पनि : सामलिङ्ग पावर आईपिओ रिभ्यु: समय अगावै उत्पादन सुरु, अर्को वर्ष लाभांश प्रक्षेपण

सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं, १२ साउन । सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको लागि अनुमति दिएको हो । कम्पनीले असार ९ गते आईपिओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो । १ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस […]

सानिमा इन्स्योरेन्सले ६० लाख कित्ता आईपिओ निष्कासन गर्ने

काठमाडौं, १ साउन । सानिमा लाइफ इन्स्योरेन्सले आईपिओ निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको लागि अनुमति दिएको हो । कम्पनीले असार ९ गते आईपिओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको थियो । १ अर्ब ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले आईपिओ बिक्रि […]

ज्योति लाइफको आइपीओ निष्कासनको मिति परिवर्तन

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले शुक्रबार देखि आइपीओ निष्कासन गर्ने भएको छ । यसअघि आउँदो आइतबार आईपिओ निष्कासनको तयारी गरेको भए पनि कम्पनीले मिति परिवर्तन गरी शुक्रबारदेखि नै आइपिओे निष्कासन गर्न लागेको हो ।

चार इन्स्योरेन्सको आइपीओ आउँदै

हाल मुलुकमा सञ्चालमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीले साधारण सेयर (आईपिओ) निष्कासनको तयारीमा लागेका छन् ।