ज्योति लाइफको आइपीओ निष्कासनको मिति परिवर्तन

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले शुक्रबार देखि आइपीओ निष्कासन गर्ने भएको छ । यसअघि आउँदो आइतबार आईपिओ निष्कासनको तयारी गरेको भए पनि कम्पनीले मिति परिवर्तन गरी शुक्रबारदेखि नै आइपिओे निष्कासन गर्न लागेको हो ।