सामलिङ्ग पावरको आईपिओमा पहिलो दिन नै ७ गुणा बढीको आवेदन

सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा पहिलो दिन नै ७.८३ गुणा बढीको आवेदन परेको छ । आज साँझ ५ बजेसम्ममा कम्पनीको आईपिओमा ४ लाख ३० हजार ५ सय २१ जना आवेदकबाट ५३ लाख १८ हजार ५ सय २० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले आज कार्तिक ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा कार्तिक ८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्कासनको लागि  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी २०७८ आश्विन १ गते देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ । कम्पनीले आयोजना सम्पन्न गरिसक्नु पर्ने समय २०७८ साल मङ्सिर २ गते रहेपनि २ महिना अगावै व्यापारिक उत्पादन गर्न सफल भएको हो । यो पनि : सामलिङ्ग पावर आईपिओ रिभ्यु: समय अगावै उत्पादन सुरु, अर्को वर्ष लाभांश प्रक्षेपण

सम्बन्धित सामग्री

सेयर बजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो

कठमाडौं । चालु सातामा सेयर बजार चार दिन ओरालो लागेको र एक दिन बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको थियो । उक्त दिन नेप्से परिसूचक २० अंकले घटेको थियो । सोही दिन १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो ।    यसैगरी, […] The post सेयर बजार : सातामा चार दिन घट्यो, एक दिन बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रत्यक्षतर्फ उम्मेदवारी दिन तीन दिन बाँकी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न तीन दिन मात्र बाँकी छ । मनोनयनको दिन नजिएकसँगै राजनीति दल उम्मेदवार चयनमा व्यस्त छन् । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ […]

मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौँ । गोरखा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ। नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेसन म्यानेजर उज्ज्वल शेरचनले बताए। आज अष्टमी भएको र भक्तजनहरू बलि चढाउन मनकामना मन्दिर धेरै जाने भएकाले अन्य दिन भन्दा भिडभाड छ।   दशमीको भोलिपल्ट मान्यजनकहाँ टिका थाप्न हिँडेहरुको चाप […]

अझै केही दिन वर्षा हुने

मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद्...

मतदानको दिन सार्वजनिक बिदा दिन प्रस्ताव

सार्वजनिक बिदाले स्थानीय तह निर्वाचन हुने दिन सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेको छ । आयोगले स्थानीय तह निर्वाचन हुने २०७९ साल वैशाख ३० गते शुक्रबारका दिन नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरेको हो ।बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले निर्वाचनको दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत् […]

भारतमा कोरोनाभाइरसका संक्रमित सङ्ख्या दिन प्रति दिन घट्दै

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ३६२  संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ।

राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग

राष्ट्रिय एकता परिषद्ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिन माग गरेको छ । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषद्ले राष्ट्रिय एकता दिवसका रूपमा उक्त दिन सार्वजनिक बिदा दिन माग गरेको हो । पूर्व मन्त्री कुमार वेलवासेले सबै नेपाली पृथ्वीनारायण शाहप्रति ऋणी भएको बताए । उनले भने, ‘नेकपा मालेको विश्लेषण पनि यही हो ।’ अंग्रेजको नेपाल जस्तो अनुकूल राज्यलाई कब्जा गर्ने उद्देश्यलाई पृथ्वीनारायण शाहले पूरा गर्न नदिएको बताए । पूर्व म...

मनकामना केबलकार चार दिन बन्द

मनकामना केबलकार सेवा चार दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि चार दिन सेवा बन्द गरिन लागेको हो।...

विश्वकर्मा पूजाको दिन सार्वजनिक विदा दिन माग

विश्वकर्मा लोहार सेवा समितिले विश्वकर्मा पूजाको दिन सार्वजनिक विदा दिन माग गरेको छ। समितिको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर विदा दिन माग गरिएको समितिका सचिव विवेक शर्माले बताए।...