काठमाडौंको तीनकुनेस्थित वाग्मती किनारमा सञ्चालित खुला व्यायाम स्थलमा शनिबार बिहान कपिलवस्तुका ६१ वर्षे महेन्द्रमानसिंह शाक्य साइक्लिङ गर्न व्यस्त थिए । पहिले नियमित मर्निङवाक गर्ने शाक्य घुँडा दुख्ने समस्याका कारण विगत ३ वर्षअघिदेखि हिँड्न सक्दैनन् । आफ्नै वडामा खुला व्यायाम स्थल (आउटडोर जिम) निर्माण भएदेखि उनको दैनिकी त्यहीँबाट सुरु हुन्छ ।