म्याग्दीको ज्यामरूककोट पूर्वाधार निर्माणसँगै आकर्षणको केन्द्र बन्दै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ मा रहेकाे ज्यामरुककोटमा पूर्वाधार निर्माण हुन थालेकाे छ । करिब ६ सय वर्ष पुरानो इतिहास र सम्पदाको साक्षी बनेर रहेको ज्यामरुककोतमा पूर्वाधार निर्माण हुन थालेपछि खड्गभवानी परिसर सबैको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको हाे । यहाँ विगत दुई वर्ष यता धमाधम विकासका पूर्वाधार निर्माण भइरहेका छन् । उक्त नगरपालिका, गण्डकी प्रदेश […]

सम्बन्धित सामग्री

बाटुलेचौरमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार निर्माण गरिँदै

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका साथै भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा सङ्घीय प्रदेश र स्थानीय सरकारको सहयोगमा पूर्वाधार थप गरिएको हो ।

बाटुलेचौरमा पर्यटकीय पूर्वाधार निर्माण

पर्वत । कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा रु एक करोड ५० लाखका पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । पछिल्लो समय भक्तजन र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट उक्त बजेटमा पर्यटकीय पूर्वाधार निर्माण गरिएका हुन् । कालिका भगवती मन्दिर र […]

इलामको देवानगढी पर्यटककाे आकर्षणको केन्द्र बन्दै

इलाम । झापासँग सीमा जोडिएको इलामको रोङ देवानगढी पर्यटककाे आकर्षणको केन्द्र बन्दै गएको छ । पर्यटक र अनुसन्धानकर्ताहरुको आकर्षण भएपछि देवानगढी क्षेत्रमा अहिले पर्यटकीय पूर्वाधार निर्माणको काम पनि सुरु गरिएको छ । देवानगढीबाट झापाका समथर भू–भागको समेत दृश्यावलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिएको बहुवनको सहिद पार्कबाट उक्लिएपछि ऐतिहासिक देवानगढीमा पुगिन्छ । देवानगढी क्षेत्र अहिले […]

पर्यटकको आकर्षण बन्दै गाईघाट झरना

बागलुङ : बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ।ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ। गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ। झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताए। उनले गाउँपालिकाले अझै बढी पर्यटक

पर्यटक आकर्षणको केन्द्र बन्दै गाईघाट झरना

बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ । गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ । झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताए । उनले गाउँपालिकाले अझै बढी पर्यटक भि

पर्यटकको पर्खाइमा रोमाञ्चक लभ्लीहिल

मंसिर ९, म्याग्दी । उत्तरतर्फ आँखै अगाडि चाँदीझै सेता टलक्क टल्केका हिमशंखला, नजिकै सुन्दर नगरी बेनी बजारलाई काखमा राखेर नागबेली हुँदै बगेका म्याग्दी नदी र कालीगण्डकी ।  हरिया बगैँचा, रुखका बुट्यान, हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु देखिने लभ्लीहिल (प्रणयशिखर) पर्यटकको पर्खाइमा छ । आसपासमा देखिने हिमशृंखला, चौतर्फी देखिने हरियाली र आकर्षक भू–बनोटलगायत मनमोहक दृश्यले यस ठाउँलाई प्रेममैत्री बनाएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिल प्रेमजोडीको रोजाइमा पर्न थालेको हो ।  प्राकृतिक सौन्दर्यमा हराउँदै आपसमा बाँधिएर सुदूर अतितको कल्पनामा डुबुल्की मार्न दैनिक सयौँको संख्यामा आउने प्रेमजोडी यहाँबाट देखिने रोमाञ्चक दृश्य हेर्दै प्रेममा डुबुल्की मारिरहेका देखिन्छन् । कोरोना भाइरस संक्रमणका डरले साउन महीनासम्म सुनसान देखिएको लभ्लीहिल हिजोआज गुल्जार हुन थालेको छ । बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२ खबरा नजिकै अवस्थित लभ्लीहिलमा ‘मर्निङ वाक’, ‘इभनिङ वाक’ गर्नेदेखि दिउँसोको समयमा घुम्न आउने आन्तरिक पर्यटक र प्रेमको तिर्खा मेट्न आउने थुप्रै तन्नेरीका कारण हिजोआज आकर्षणको केन्द्र बन्दै जान थालेको छ । पूर्वाधार निर्माणसँगै पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको पर्यटकीय तथा रमणीयस्थल लभ्लीहिल पर्यटक आकर्षणको केन्द्र बने पनि लकडाउनले यसलाई ओझेलमा पारेको थियो तर अहिले कोरोना संक्रमणको दर केही कम भएकाले यहाँ रौनक शुरु भएको स्थानीय चन्द्रबहादुर कार्कीले बताए । आन्तरिक र बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्रका रूपमा रहेको लभ्लीहिल विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पोट’का रूपमा विकसित भएको छ भने विभिन्न जिल्लाबाट म्याग्दीको बेनीबजार आउने आन्तरिक पर्यटकका लागि पनि आकर्षक गन्तव्यस्थल पनि बनेको छ । बेनीबजारसँगै जोडिएको खबरा नजिकैको खाराको डाँडोलाई लभ्लीहिल नामाकरण गरिएको छ । लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, जगन्नाथ मन्दिर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्र देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धवलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय समेत यहाँबाट अवलोकन गर्न पाइन्छ ।  बेनीबजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृश्य अवलोकन गर्न सकिने सदरमुकाम नजिकको गन्तव्य भएकाले पनि यहाँ थप पूर्वाधार तथा प्रचारप्रसार भएमा आर्थिक कारोबार हुनाका साथै नयाँ बस्ती बढ्ने सम्भावना छ । केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायी बताउँछन् । लभ्लीहिलमा रेष्टुरेन्ट, भ्यूटावर, स्वीमिङ पुललगायत बालबालिकादेखि बृद्धबृद्धा रमाउने स्थलका रूपमा विकसित भइरहेको छ ।  यस क्षेत्रमा खान र बस्नका लागि आवश्यक व्यवस्थासहित थप पर्यटन पूर्वाधार निर्माण भएमा म्याग्दी र मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ । रासस