काठमाडौं : वैकल्पिक युवा सङ्गठनले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म केही दिन यताको आन्दोलनमा नासिएका, भाँचिएका बिरुवालाई संरक्षण गर्ने तथा वृक्षरोपण गरेको छ।एमसिसीको विरोधमा केही दिनयता बानेश्वर रणभूमि बनेको थियो। बाटोका पेटी भत्काउने र बिरुवा भाँच्ने काम भएको थियो।'हामी विवेकशील नेपाली हुँदा देखि नै ढुङ्गा हान्ने होइन, फूल रोप्न राजनीति गर्दै आइरहेका छौँ। हामी यो बाटो हिँड्दै गर्दा बिरुवाहरू भाँचिएको देख्यौँ। सामाजिक सञ्जालमा पनि युवाहरूले भत्काएको फोटो