खनाल र यादवबीच मिलेर जाने विषयमा छलफल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच मिलेर जाने विषयमा छलफल भएको बताएको छ । यसअघि समेत एउटै गठबन्धनमा भएकाले अबपनि सँगसँगै मिलेर जाने विषयमा छलफल भएको खनालले बताए । 'देश एकदमै संगिन अवस्थामा छ । राष्ट्रियतादेखि आर्थिक रूपमा जर्जर अवस्थामा छ । व्यापार घाटा चुलिँदो अवस्थामा छ । युवाहरू दिनप्रतिदिन विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा देशभक्त कम्युनिस्ट शक्तिहरुबीच एकता र स