राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक ढंगले नागरिकता विधेयकमा राजनीतिक निर्णय लिएपछि मुलुकका राजनीतिक शक्तिबीच मोर्चाबन्दी सुरु भएको छ । राष्ट्रपतिको कदमविरुद्ध सत्ता गठबन्धन अदालत जाने तयारीमा लागेको छ भने पूर्वराष्ट्रपति डा. रामवरण यादवदेखि वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन, कानुनविद्का साथै विभिन्न क्षेत्रका अगुवाहरूले राष्ट्रपतिले नागरिकता विधेयकका सवालमा संविधानको चरम उल्लङ्घन गरेको भन्दै विरोध गरिरहेका छन् । यी शक्तिले राष्ट्रपति कदमको विरोध गरे पनि नेकपा एमाले भने बचाउमा उत्रेको छ