भारतको पतेहगढ जिल्लामा डेंगुले कैदीको मृत्यु भएपछि कैदीबन्दी आक्रोशित बनेका छन् ।
आक्रोशित कैदीबन्दीले जेलभित्रै आगजनी गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसका साथै केही कैदीले ड्युटीमा खटिएका जेलरलाई पनि कुटपिट गरेका छन् ।
२९ वर्षीय कैदी संदीप यादवको डेंगुका कारण मृत्यु भएपछि जेलभित्रका कैदीबन्दी आतंकित बनेका हुन् ।