काठमाडौ। नेपाल विद्युत प्राधिकरणले ओद्यौगिक क्षेत्रमा नौ घण्टासम्म लोडसेडिङ गरेको छ। भारतबाट आयात हुने विद्युत कटौती भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रमा बत्ती काटेको छ। बिहान करिब ५ घण्टा र साँझ ४ घण्टा विद्युत कटौती गर्न थालिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए। ‘हिजो दिउँसोदेखि भारतबाट आयात हुने विद्युत कटौती भएको छ। भारतमा […]