प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८’सहित विभिन्न छ अध्यादेश पेश भएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ …