बागमती प्रदेशसभा बैठकमा ५ वटा अध्यादेश पेश

हेटौंडा : बागमती प्रदेशसभा बैठकमा ५ वटा अध्यादेश पेश भएको छ। शुक्रबार बसेको दशौं तथा बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले ५ वटा अध्यादेश पेश गरेको हो।प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठकअन्तर्गत शुक्रबार २ वटा बैठक बसेको थियो। बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ संसदमा पेश गरेका थिए।आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिश तथा सम्मान र पदकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अ