सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनहरूलाई सबैले उत्सवका रूपमा लिएर सहभागी हुनुपर्ने बताउनुभएको छ । विराटनगरमा शुक्रबार साँझ तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले आगामी तीनै तहको निर्वाचन सबै सहभागी भएको, निष्पक्ष र धाँधलिरहित ढङ्गले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । लोकतन्त्रको जगको रूपमा रहेको आवधिक निर्वाचनलाई सबैले उत्सवको रूपमा लिएर सफल बनाउनुपर्ने उहाँको भनाइ थियो ।