शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सेवा आयोगहरूमा एकरूपता ल्याउनुपर्ने बताउनुभएको छ ।
शिक्षक सेवा आयोगको स्थापना दिवसका अवसरमा आइतबार आयोग परिसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सबै आयोगमा एकरूपता ल्याएर तोकिएको जिम्मेवारीमा सक्षम बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले गुणस्तरीय शिक्षक उत्पादन गर्ने मूल दायित्व बोकेको आयोगमा सक्षम कर्मचारी आवश्यक भएकाले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न शिक्षकको गुणस्तरमा परिवर्तन गर्नु आवश्यक छ भन्नुभयो ।
उहाँले परम्परागत शिक्षा नीति नै अस्थिरता,