प्रधानमन्त्रीद्वारा बाढी पहिरो प्रभावित ३ ओटा पालिकालाई ५ करोड १० लाख हस्तान्तरण

असार २६, सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी ओलीले बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका ३ ओटा पालिकालाई ५ करोड १० लाख हस्तान्तरण गर्नुभएको छ । शनिवार हेलम्बु–मेलम्चीको बाढी पहिरो निरीक्षण गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले बस्ती संरक्षणको लागि मेलम्ची खानेपानी आयोजनाले हेलम्बु गाउँपालिकालाई दिएको १ करोड ५० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई १ करोड ५० लाख र मेलम्ची नगरपालिकालाई ५० लाख हस्तान्तरण गर्नुभएको छ ।  त्यस्तै ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान समितिले हेलम्बु गाउँपालिकालाई दिएको १ करोड र मेलम्ची नगरपालिकालाई ६० लाखको चेक प्रधानमन्त्री ओलीले हस्तान्तरण गर्नुभएको छ । हेलम्बु गाउँपालिका स्थित गणेशे बगरमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई अस्थायी बसोबासको लागि प्रति परिवार तत्काल ५० हजार रुपैयाँ र १ हजार ५०० बण्डल जस्तापाता दिईने प्रधानमन्त्री ओलीले बताउनुभयो ।  उहाँले पीडितहरुलाई स्थायी आवासको लागि प्रति परिवार ५ लाख रुपैयाँ समेत उपलब्ध गराउनुको साथै बाढीले भत्काएको पुल, विद्यालय सरकारले बनाउने घोषणा गर्नुभएको छ । घाइतेको उपचार सरकारले गर्ने बताउँदै पुनर्निर्माणको काममा सरकारको ध्यान गएको बताउनुभयो ।  प्रधानमन्त्री ओलीले बाढी प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुको निरीक्षण गर्नुभएको थियो । नेपाली सेनाको हेलीकप्टरमा आउनुभएका ओलीले राहतमा राजनीति नगर्न आग्रहसमेत गर्नुभएको छ । ‘यस्तो बेलामा सबैले सकेको मद्दत गर्ने हो, सकारले राहत तथा पुर्नस्थापनामा कुनै कसर बाँकी राख्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर, राहतको नाममा राजनीति नगर्न म सबैलाई अपिल गर्दछु ।’ अब पुनर्निर्माण गर्दा सुरक्षित स्थानमा एकीकृत रुपमा निर्माण गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले उही ठाउँमा उही बस्ती नबसाउन सुझाव दिनुभयो । मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति हुन नपुगेको बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र मेलम्ची खानेपानी राजधानी पुर्‍याउने लक्ष्य रहेको, मेलम्ची खानेपानी आयोजनाबाट स्थानीयलाई परेको मर्का सरकारले हेर्ने जनाउँदै स्थानीयले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।  उहाँले २०७१ साल साउन १८ मा गएको जुरे पहिरोको रकम पनि वितरण गर्न आवश्यक कानून निर्माण गरी तत्काल वितरणको लागि निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो ।  प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व मन्त्री शेरबहादुर तामाङ, दावा तामाङ, गृह सचिव लगायत सरकारी अधिकारीहरु हेलम्बु क्षेत्रमा आएका थिए । असार १ गते मेलम्ची खोलमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनासहित हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । 

सम्बन्धित सामग्री

बाढी पहिरो प्रभावितको उद्धारमा सेना सक्रिय

काठमाडौं–नेपाली सेनाले देशका विभिन्न स्थानमा बाढी पहिरो प्रभावितको उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ। सेनाले प्रभावितको उद्धार सँगै आकस्मिक विपद्को सामना गर्न फौजलाई पनि तयारी अवस्थामा राखेको छ। पछिल्लो पटक मुस्ताङ्ग जिल्लाको कागखोला नदीमा लेदो सहित आएको बाढीको कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी बजार ईलाका जलमग्न÷लेदोयुक्त भएको हुँदा स्थानीयवासी र उनीहरुका सामग्रीहरुलाई सुरक्षित स्थानमा […]

बाढी, पहिरो र सडक दुर्घटनाप्रति सांसद्ले गराए सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।...

बाढी, पहिरो र डुबानमा परेकालाई उद्दार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन्...

बाढी, पहिरो र डुवानपीडितको उद्धार र राहतमा  लाग्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले मंगलबार रातिबाट परेको निरन्तरको वर्षाका कारण गएको बाढी, पहिरो र डुवानपीडितलाई यथाशक्य उद्धार, उपचार, राहतको व्यवस्था गर्न गृह प्रशासन, सुरक्षा निकाय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशनदिएका...

बाढी पहिरो प्रभावितलाई युएनएफपिएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’ र किशोरी किट वितरण गरेको छ । गत हप्ता अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट सो प्रदेशका विशेष गरी महिला तथा किशोरी वढी प्रभावित भएका जनाइएको छ । दार्चुला जिल्ला अस्पताललाई पाँच र …

बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम

काठमाडौँ । कात्तिक सुरु भएसँगै केही दिन देशभर परेको अविरल वर्षाले पानीजन्य रोगको उच्च जोखिम देखिएको छ । बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम उच्च देखिएको हो । बाढी पहिरो र डुबानका कारण कतिपय घरपरिवार विस्थापित भएका छन् । केही स्थानका प्रभावितहरू सामूहिक बसाइँ बस्न बाध्य भएका छन् । सामूहिक बसाइँमा सरसफाइमा […]

बाढी-पहिरो पीडितको उद्धार र खोजी कार्य जारी

काठमाडौं, कात्तिक ३ । नेपाली सेनाले बाढी पहिरो पीडितहरुको उद्धार र खोजी कार्य जारी राखेको जनाएको छ । महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुर, भिमदत नगरपलिका ब्रमदेव इलाकामा डुवानमा परेका ५ जनाको सकुशल उद्धार गरेको सेनाले जनाएको छ । त्यस्तै कर्णाली नदीमा आएको बाढी, बैतडी, बझाङ, डडेलघुरा, कैलाली, बर्दिया, डोटी, सुनसरी, मोरगं, पाँचथर र धनकुटा […]

बाढी पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिएका छन्। उनले आज प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिए। गृहमन्त्री खाँणले रोल्पाका प्रजिअ नवराज सापकोटालाई […]