आपतकालीन पोषण कार्यक्रमबाट पर्सा–बाराका २१ हजार गर्भवती तथा बालबालिका लाभान्वित

वीरगंज : कोरोना महामारीको समयमा बढेको कुपोषण न्युनिकरण गर्न र पोषणसम्बन्धी ज्ञान अभिवृद्धि गर्न आस्मान नेपालको सहजीकरणमा भएको आपतकालीन पोषण कार्यक्रमबाट पर्सा बाराका करिब २१ हजार महिला तथा बालबालिका लाभान्वित भएका छन्। संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रम अन्तर्गत नेपाल सरकारले आयोजना गरेको कार्यक्रम आस्मान नेपालले पछिल्लो जनवरी १२ देखि मार्च…

सम्बन्धित सामग्री

गर्भवती महिलाको हेलिकप्टरबाट उद्वार

सङ्खुवासभा – सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप श्रीवालले जानकारी दिए । गर्भवती महिलाको गर्भमै शिशु मृत भेटिएपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा […]

जाजरकोट भूकम्प: गर्भवती, सुत्केरी र बालबालिका बढी प्रभावित

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार नौ सय ८२ प्रभावित भएका हुन्। सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए।

मानवीय सहायताको खोजीमा नाइजेरियाका ६० लाख गर्भवती तथा बालबालिका

१५ मंसिर, न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ । यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलाहरुमा खाद्यान्न तथा आवश्यक पोषण पुग्न नसकेकोले उनीहरुको अवस्था निकै नै नाजुक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले बुधबार यहाँका कम्तीमा पनि […]

भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी र बालबालिकाका लागि स्नेह केन्द्र

काठमाडौँ,१२ असोज । कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ । केन्द्रमा असोज १ गते आएको बाढीले विस्थापित भएका गर्भवती तथा सुत्केरी महिला र बालबालिका गरी ९३ जना बसिरहेका छन् । यहाँ ४४ आमा, ४४ बच्चा र पाँच गर्भवती महिला […]

कैलाली बाढीपछि : सडकमा बसेका गर्भवती र सुत्केरी

–दुर्गा देवकोटा/ कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्ष मुनीका बालबालिका पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बालबालिका […]

दश महिनामा १४६ गर्भवती महिलाको हवाई उद्धार

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार साउनमा १८, भदौमा १२, असोजमा ६, कात्तिकका २६, मंसिरमा १६, पुसमा १२, माघमा १०, फागुनमा १९, चैतमा १३ र वैशाखमा १४ जना गर्भवती तथा सुत्केरी म

कोरोनाले स्कूल बन्द भएपछि बालबालिका गर्भवती हुने क्रम बढ्यो

कोरोना भाइरस संक्रमणको महामारीले विभिन्न क्षेत्रलाई प्रभावित पारेको छ, जसमध्ये स्कूल पनि एक हो । कोरोना बढ्दा स्कूल बन्द हुने गरेका छन् । पछिल्लोपल्ट ओमिक्रोन संक्रमण फैलिएपछि स्कूल बन्द गइरहेका छन् । जिम्बाब्वेको ग्रामीण क्षेत्रमा बालबालिका गर्भवती हुने समस्या देखिएपछि सरकार चिन्तित बनेको छ । कोरोनाले स्कूल बन्द भएका बेला यस्तो समस्या बढी देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १३ वर्षीया बालिका भर्जिनिया मावुंगा ३ महिने बच्चाकी आमा छिन् । उनको दिन पानी भर्न, सडक किनारमा तरकारी, फलफूल बेच्न, खाना पकाउन र सरसफाईमा...

उत्तर कोरियामा खाद्य संकट, गर्भवती महिला र बालबालिका बढी प्रभावित

एजेन्सी । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामा बढ्दै गएको खाद्यसंकटप्रति चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघको सुरक्षापरिषदले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको हो । लामो समयको खडेरीका कारण उत्तर कोरियामा सन् १९९० को दशकको भोकमरी पुनरावृत्ति हुने भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो । उत्तर […]