राष्ट्रपति महिला उत्थान कार्यक्रम: चार वर्षमा पाँच सय १८ गर्भवती तथा सुत्केरीको उद्धार

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि हालसम्म सो सङ्ख्यामा उद्धार भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

हेलिकप्टर मार्फत सुत्केरीको उद्धार गरियो

ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए।

सुत्केरीको उद्धार

सङ्खुवासभाको सिलिचोङ गाउँपालिका – ३ कोल्वाकी १८ बर्षीया सुत्केरी मेलिना राईलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि बिहीबार स्टेचरमा बोकेर हेलिप्याड सम्म लैजादैँ नेपाली सेना । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धार गरिँदै आएको छ ।

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

दार्चुलाबाट सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अत्याधिक रक्तश्राब भएपछि व्यास गाउँपालिका–५ का एक सुत्केरी महिलाको उद्धार गरिएको हो । जिल्ला अस्पताल दार्चुलामा सुत्केरी भएकी २८ वर्षीया सोभा विष्टको हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो । उहाँको जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राब नरोकिए पछि थप उपचारको लागि धनगढी रेफर गरिएको थियो । धनगढीमा आइसियु बेड खाली नरहेकाले उपचारका लागि सुर्खेत लगिएकोे जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, नेपाली सेना र अस्पतालको पहलमा महिलाको उद्धार गरिएको बताइएको छ । नेपाल सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यसअघि पनि दार्चुलाबाट सुत्केरी महिलाको उद्धार गरेर जीवनरक्षा गरिएको थियो ।

एक सय ५८ गर्भवती तथा सुत्केरीको उद्धार

काठमाण्डाै - सरकारले अहिलेसम्म एक सय ५८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत अहिलेसम्म एक सय ५८ जना गर्भवती तथा सुत्केरीको उद्धार गरेको कार्यक्रमकी समन्वय इकाई प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिनुभयो । हुम्ला, डोल्पा, अछाम, बाजुरा, धादिङ, दोलखा, खोटाङ लगायतका जिल्लाबाट उद्धार गरि...