जाजरकोट भूकम्प: गर्भवती, सुत्केरी र बालबालिका बढी प्रभावित

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशानालयका अनुसार सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका गरी २९ हजार नौ सय ८२ प्रभावित भएका हुन्। सुत्केरी, गर्भवती र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रवीन खड्काले जानकारी दिए।

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प : त्रिपालमुनि १०७६ सुत्केरी

जाजरकोट- कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको ...

जाजरकोट भूकम्प: दूधे बच्चासँगै सुत्केरीहरू समेत चिसो भुइँमै

भूकम्पपछि टाँगिएको पालमाथि बिहानीको झुल्के घाम ठोक्कियो । एक साताकी सुत्केरी पवित्रा विक शीतले ओस्सिएका चार वटा लुगाथाङ्ना बोकेर बाहिर निस्किइन् । पालमाथि लहरै मिलाएर सुकाइन् । पहिलो पटक सुत्केरी भएकी १८ वर्षीया पवित्राले छोरी जन्मिएपछि तीन दिनमात्रै घरको बास पाइन् । शुक्रबार मध्यरातको भूकम्पले घरै चर्किएपछि उनीहरू बारीमा पाल टाँगेर बस्न बाध्य छन् । ढुंगामाटोले बनाएको दुईतले घर चिराचिरा परेको छ ।