किसान आन्दोलनले दिल्लीमा तनाव

 भारतले गणतन्त्र दिवस मनाइरहँदा राजधानी नयाँदिल्लीका केही स्थानहरू भने किसान आन्दोलनकारी र प्रहरीबीचको झडपका कारण दिनभर नै तनावग्रस्त रह्यो । त्यस क्रममा एक जना आन्दोलनकारीको मृत्युसमेत भएको छ भने थुप्रै आन्दोलनकारी र प्रहरी घाइते भएका छन् । तर, नयाँदिल्ली प्रहरी र आन्दोलनरत पक्षबीचको नियमित संवाद र संयमले थप क्षति भने भएन । गणतन्त्र दिवसका अवसरमा राजधानी नयाँदिल्लीको इन्डिया गेटमा विभिन्न झाँकी र सेनाको परेडसहितको भव्य कार्यक्रम चलिरहेका बेला त्यहाँबाट केही किलोमिटरको दूरीमा किसानहरूले सरकारको विरोधमा र्‍याली न...

सम्बन्धित सामग्री

जंगलमा खाने कुरा नभेटेपछि गाउँ पस्न थाले बँदेल, किसानलाई तनाव

जंगली बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छन् । बँदेलले बस्ती वरपर नै बासस्थान जमाउन थालेका छन् ।

रासायनिक मलमा सधैं खेलाँची

काठमाडौं । केन्द्रीय तथ्यांक विभागको पछिल्लो अनुमानअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान २३ दशमलव ९५ प्रतिशत छ । आधाभन्दा बढी जनसंख्याको जीविकोपार्जनको आधार पनि कृषि नै हो । तर, कृषिक्षेत्रका लागि नभई नहुने रासायनिक मल आपूर्तिमा सरकारले सधैं खेलाँची गर्दै आएको छ । यसले गर्दा धान, मकै, गहुँजस्ता प्रमुख बाली लगाउने सिजनमा किसानले वर्षेनि मल अभावको समस्या झेल्दै आएका छन् । यसपालि धान रोपाइँको सिजन शुरू हुन करीब १ महीना बाँकी छ । धानखेती हुने ठाउँका किसानले धमाधम ब्याड राख्ने तयारी गर्दैछन् । तर, धानका लागि नभई नहुने रासायनिक मल पाइरहेका छैनन् । किसानलाई समयमै रासायनिक मल उपलब्ध गराएर अभाव हुन नदिने कार्यमा सरकार सधैं चुक्ने गरेको छ । सधैंझैं यस वर्ष पनि रासायनिक मल व्यस्थापनमा सरकार चुकिसकेको स्पष्ट देखिन्छ । तैपनि समयमै मल उपलब्ध गराउने रटान दोहोर्‍याउनचाहिँ सरकारले छाडेको छैन । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टले शुक्रवार आयोजना गरेको एक कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले कुनै पनि हालतमा असारसम्म किसानले मल पाउने दाबी गरे । तर, त्यसका लागि सरकारको उपयुक्त तयारी गरेको देखिँदैन । रासायनिक मल आपूर्ति गर्ने जिम्मेवारी पाउनेमध्येको एक कृषि सामग्री कम्पनी लिमिटेडसँग १५ हजार मेट्रिक टन डीएपीमात्रै मौज्दात छ । ४० हजार मेट्रिक टन डीएपी आयातको तयारी भइरहेको कम्पनीका अधिकारी बताउँछन् । ग्लोबल टेन्डरमार्फत ल्याइने पहिलो २० हजार टन मल नेपाल आउन महीना दिन लाग्ने र अर्को २० हजार टन साउन पहिलो सातासम्म आइपुग्ने कम्पनीको दाबी छ । कम्पनीसँग हाल मौज्दात रहेको ५ सय ६० मेट्रिक टन युरियाले ८ जिल्लालाई मात्र पुग्छ । मलको हाहाकार देशभर छ । जीटूजीमार्फत भारतबाट पहिलो खेपमा आयात हुने ६० हजार टन युरियाको टुंगो अझै लागेको छैन । कृषि सामग्रीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले उक्त युरिया फास्ट ट्र्याकबाट ल्याउने तयारी भइरहेको बताए पनि भारतले आउँदो असार ११ देखि ४५ दिनका लागि हल्दिया बन्दरगाह बन्द गर्दै छ । यसले जीटूजीको मल आयात हुने सम्भावना टरेको सरोकारवाला बताउँछन् । सरकारी अनुदानको मल आयात र विक्रीवितरणको जिम्मा पाएको अर्को कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशनसँग पनि मलको मौज्दात पर्याप्त छैन । कृषिमन्त्रीदेखि कृषि सामग्री कम्पनीका कर्मचारीसम्म सबैले समयमै मल आयात हुन नसक्नुको दोष रूस–युक्रेन तनाव र कोरोना महामारीलाई दिइरहँदा किसानसँग सरोकार राख्ने निकाय तथा विज्ञहरू भने आयातका लागि सरकार बेलैमा पर्याप्त तयारी नगर्दा हरेक वर्ष मल अभाव चुलिने गरेको बताउँछन् । नेपाल मलखाद व्यवसायी संघका अध्यक्ष चन्द्रकान्त डल्लाकोटी खेतीपातीको समयमा यस वर्षमात्रै मल अभाव भएको भए रूस–युक्रेन तनाव र महामारीलाई दोष दिएर उम्कन मिल्ने बताउँछन् । ‘यो त वर्षौं पुरानो समस्या हो । त्यसैले मल अभावको प्रमुख कारण सरकारले बेलैमा तयारी नगर्नु हो,’ अध्यक्ष डल्लाकोटीले भने, ‘असारमा मल चाहिन्छ भन्ने सरकारलाई थाहा भएकै कुरा हो । त्यसका लागि माघ, फागुनदेखिनै तयारी थाल्नुपर्छ । सरकारले त्यसो गर्न नसक्दा किसानले सधैं सास्ती भोग्नुपरेको छ ।’ २०७७ भदौमा रासायनिक मलको अभाव चर्किंदा धादिङका सयौं किसान कोरोना महामारी र बन्दाबन्दीको बेवास्ता गर्दै जिल्ला सदरमुकाम धादिङबेंशी आएका थिए । गतवर्ष २०७८ मा पनि मल अभाव उस्तै थियो । गत भदौ २८ गते संघीय प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले खेतीको समयमा किसानले मल नपाएको विषय जोडतोडले उठाएका थिए । उक्त बैठकमा सांसद छविलाल विश्वकर्माले रासायनिक मल ल्याउनमा भइरहेको ढिलाइबारे सरकारको ध्यानाकर्षण गराएका थिए । सोही बैठकमा पूर्वमन्त्री तथा सांसद शक्ति बस्नेतले बाली फलिसकेपछि मल ल्याएर कुनै अर्थ नहुने भन्दै सरकारले मल आयातका लागि बेलैमा तयारी थाल्नुपर्नेमा जोड दिएका थिए । उनले त ऐन, कानून परिमार्जन गरेर भए पनि समयमै मल ल्याउनुपर्ने बताएका थिए । त्यो बेला सरकारले आयात गरेको ७० हजार टन रासायनिक मल असोज सकिने बेलातिर मात्रै आइपुग्ने तालिका थियो, जबकि असोज सकिँदा धान पाकिसकेको हुन्छ । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका पूर्वसचिव जयमुकुन्द खनाल पनि डल्लाकोटीको भनाइ पुष्टि हुने गरी ‘केही प्राविधिक समस्या सधैं हुने र तिनको समाधानका लागि सरकारले समयमै पहल र पर्याप्त पूर्वतयारी गर्न नसकेको’ स्वीकार्छन् । भारतबाहेक अन्य ठूला मल उत्पादक देशसँग जीटूजी सम्झौतामा जान नसक्नुलाई पनि उनले सरकारको मुख्य कमजोरीका रूपमा औंल्याए । अब विकल्पको खोजी गर्ने बेला आएको उनले बताए । प्रहरीको आँखा छल्दै भारतबाट ल्याउनुपर्ने बाध्यता आवश्यक परेका बेला सरकारले मल दिन नसकेपछि भारतसँग सिमाना जोडिएका अधिकांश जिल्लाका किसानले प्रहरीको आँखा छल्दै पारिबाट ल्याएर काम चलाइरहेका छन् । ‘आफ्नो सरकारले मल दिन नसकेपछि उनीहरू प्रहरीको आँखा छल्दै सीमापारिबाट ल्याउन बाध्य भएका हुन् । तर, यसरी जोखिम मोलेर ल्याएको मल पनि नक्कली पर्दिन्छ । प्रहरीले भेटेमा बोरा च्यातेर सबै मल बाटोमै पोखिदिन्छ,’ राजापुर धान सुपजोनका संयोजक अग्नि अर्याल भन्छन्, ‘किसानलाई ठूलो दु:ख छ ।’ रोपाइँका लागि ब्याड राख्ने समय हुँदा त्यहाँका किसानले मल पाउन नसकेको उनले सुनाए । अहिले पश्चिम तराईका प्राय: जिल्लाका किसानको अवस्था यही छ । पश्चिम तराईमात्र होइन, पूर्वी र मध्य तराईका किसानको समस्या पनि समान रहेको सुनसरीका किसान बताउँछन् । सुनसरीका अगुवा किसान भुवनेश्वर यादवले त्यहाँका किसानले पनि भारतीय बजारबाट महँगोमा मल किनेर ल्याउनुपर्ने बाध्यता रहेको सुनाए ।

गहुँ छर्नेबेला मल नपाएर किसानलाई तनाव, पटक पटक टेण्डर रद्द

सिरहाका किसान वीरेन्द्र यादव डिएपी मलका लागि लहान, गोलबजार, मिर्चैया बजारसम्म पुगे । तर, मल कतै पाएनन् । एक ठाउँमा बल्लतल्ल मल फेला त पारे । तर, मूल्य सुनेर त्यतिकै रित्तो हात फर्केर आए । डीएपी मलको मोल सरदर २५–२६ सय रुपियाँ पर्छ । किसान यादव भन्छन्, ‘व्यापारीले बोराको ३५ सय रुपियाँ भनेपछि त्यतिकै फर्केर आएँ ।’ गहुँ छर्नेदेखि उखु लगाउने बेला भएको छ । तर, किसानहरुले खेतबारीमा हाल्न डीएपी मल पाइरहेका छैनन् । लुकाइएर राखेको दुइ चार बोरा मल फेला परे व्यापारीले बताएको भाउ सुनेर किसा

‘सरकार ! स्यानिटरी प्याडको कर हटाइदेऊ, हामी किसान–मजदूरका छोरीलाई गाह्रो भयो’

काठमाडौँ– मोरङ उर्लाबारीकी १९ वर्षीया रजिना निरौलालाई महिनावारीको समयमा कपडा प्रयोग गर्दा दिनभरी तनाव हुन्छ। ‘कतै रगत कपडामा लाग्यो की ! कसैले देख्यो की!’ यही तनावले समय–समयमा उनी ‘चेक’ गर्छिन् या साथीहरुसँग सहयोग माग्छिन्। रजिनाको तनाव त्यतिमा मात्र सीमित रहन्न। पोल्ने–पासिने समस्या अलग छन्। भन्छिन्, ‘जहिले प्याड लगाउन सम्भव हुँदैन। कपडा पनि लगाउनु पर्छ। कपडाले […]

चिया उत्पादन तथा निकासीमा समस्या

इलाम । विगतका वर्षमा यसपटक चियाको दोस्रो टिपाइ गर्ने बेला हुन्थ्यो । चियाको मुनाकै राजा मानिने पहिलो टिपाइबाटै किसानले उल्लेख्य आम्दानी बटुल्थे । यसपटक विगतझैं भएन । चियाको पहिलो टिपाइ फस्टाउन फागुन पहिलो वा मध्यसम्ममा आकाशबाट पानी पर्दा फाइदा पुग्छ । यसपटक त्यो समयमा पानी परेन । यसैले यसपटक चिया उत्पादन ह्वात्तै घट्यो । गतवर्ष तीन हजार किलो हरियो पत्ती बनाएका इलाम नगरपालिका–१ स्थित साँखेजुङका किसान गोपाल दाहालले यसपटक बल्लतल्ल ७०० किलो चिया भएको बताए । ‘पानी नपरेकै कारण चिया उत्पादनमा ह्रास आयो । शायदै त्यो मौसममा (फागुन महीना) पानी परेको भए यसपटक चिया बढ्थ्यो,’ उनले भने । चियाका लागि आकाशबाट परेको पानी सबैभन्दा बढी लाभदायक हुन्छ । वैकल्पिक माध्यमबाट पानी लगाए पनि आकाशबाट परेको पानीमा जति अन्य तवरको पानीमा चिया फस्टाउँदैन । अघिल्ला वर्षमा पनि यही ‘सिजन’को पानीका कारण चिया उत्पादनमा किसानले हण्डर खानुपरेको थियो । यसपटक त किसानले पानी मात्र नभई मलका कारण पनि समस्या भोग्नुपरेको सूर्योदय नगरपालिकाका किसान गोपाल कट्टेलले जानकारी दिए ।      ‘पानीको त मुख्य समस्या नै भयो, तर मल अभाव हुँदा पनि चिया घटेको छ,’ कट्टेलले भने । इलामका धेरै चिया बगान र उद्योग अग्र्यानिक (जैविक) बनेका छन् । यस्ता बगान र उद्योगले रासायनिक मलको प्रयोग गर्दैनन् । तर अन्य उद्योगका लागि भने रासायनिक मलको खाँचो पर्छ । गएको वर्षसमेत यहाँका किसानले रासायनिक मलको अभाव झेल्नुपर्‍यो । उत्पादनमा समस्या भएको चियामा यसपटक निकासीमा पनि उस्तै लफडा झेल्नुपरेको छ । यहाँको चिया झापा हुँदै भारतीय बजार पुग्ने गर्छ । तर यसपटक भने कोरोनाका कारण सहज रूपमा चिया निकासी भएको छैन । कोरोनाले नेपालबाट बाहिर पठाउन समस्या परेको छ भने भारतीय बजारमा चिया किन्नेको पनि संख्या एकदमै कम छ । ‘हामीलाई यताको भन्दा पनि उताकै तनाव छ । अरू बेला यहाँबाट गएको चिया अधिकतम मात्रामा विक्री हुन्थ्यो,’ सूर्योदय टी प्रोड्युसर्सका सचिवसमेत रहेका कट्टेलले भने, ‘भारतमा कोरोना बढेकै कारण झमेला खेप्नुपरेको छ ।’ चिया लैजानु पूर्व एकपटक चियाको ‘स्याम्पल’ (नमूना चिया) लैजानुपर्छ । तर यसपटक स्याम्पलसमेत पठाउन सकिएको छैन । जुन सिजनको चिया निर्यात गर्नुपर्ने हो, त्यो सिजनको चिया पहिलै स्याम्पलका रूपमा पठाउनु पर्छ । यसपटक भने कोरोनाका कारण सम्भव भएको छैन । विगतका वर्षमा वैशाख १५ सम्ममा पहिलो सिजनको स्याम्पल पठाइसकिन्थ्यो । तर यसपटक हालसम्म पुग्न सकेको छैन । देउमाई नगरपालिकाका उद्योगी गोपाल दाहालका अनुसार खरीदकर्ताले चाहेको समयमा चिया पुर्‍याउन नसक्दा विक्री नहुने सम्भावना बढी हुन्छ । यसका लागत बढी हुने र फिर्ता हुने भएकाले उद्योगकै घाटामा जान सक्छ । चालू आर्थिक वर्ष २०७७/७८ मा ९ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको छ । यसबाट चालू आर्थिक वर्षमा ३ अर्ब ६ करोड आम्दानी भएको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्ष २०७६/७७ मा ११ हजार १८५ मेट्रिकटन चिया निकासी भएको थियो । यसबाट २ अर्ब ७८ करोड आम्दानी भएको थियो । गत आर्थिक वर्षमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । कोभिड–१९ का कारण कम निकासी भएको चियाको निकासी सहज भएपछि निर्यात वृद्धि भएको नेपाल चिया तथा कफी विकास बोर्डले बताएको छ । रासस

भारत : किसान आन्दोलन जारी, दुई पक्षबीच हिंसक झडप (भिडियो)

भारतमा किसानहरूले तीन नयाँ कृषि कानूनविरुद्ध गरिरहेको आन्दोलनका क्रममा शुक्रवार दिल्लीको सिंघु सीमामा हिंसा भएको छ ।  किसान प्रदर्शनकारी र स्थानीय मानिसहरूले ढुंगा हानाहान गरेका छन् । त्यसअघि स्थानीयहरूले प्रदर्शनकारीहरूलाई हटाउन माग गरेका थिए ।  ढुंगा हानाहान भएपछि सुरक्षाकर्मीहरूले अश्रूग्यास र लाठीचार्ज गर्नुपरेको थियो । विरोध प्रदर्शनको भिडियो पनि सार्वजनिक गरिएको छ ।  बिहीवार रातभरि दिल्ली र उत्तर प्रदेशको गाजीपुर सीमामा तनाव भएको थियो । किसानहरू ट्य्राक्टरमा नभई सडकमा नै सुतेका थिए ।  ...

दिल्लीमा किसान आन्दोलनमा तनाव, इन्टरनेट बन्द भएसँगै ५ करोड प्रयोगकर्ता प्रभावित

दिल्लीमा किसान आन्दोलन भड्किएसँगै धेरै क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ ।  इन्टरनेट बन्द गरिएसँगै करिब ५ करोड प्रयोगकर्ता प्रभावित भएको बताइएको छ ।  भारतको गृह मन्त्रालयले मंंगलवार राजधानीसहित केही क्षेत्रमा इन्टरनेट बन्द गरेको थियो ।  किसानको ट्याक्टर र्यालीपछि भएको हंगामामा एक जनाको मृत्यु भइसकेको छ भने केही मानिस घाइते भएका छन् ।  त्यसपश्चात राष्ट्रिय राजधानी क्षेत्रको सिंघु, गाजीपुर, टिकरी, मुकरबा चोक, नांगलोई तथा त्यस आसपासका क्षेत्रहरूमा इन्टरनेट बन्द गरिदिएको थियो ।

किसान आन्दोलनले दिल्लीमा तनाव

भारतले गणतन्त्र दिवस मनाइरहँदा राजधानी नयाँदिल्लीका केही स्थानहरू भने किसान आन्दोलनकारी र प्रहरीबीचको झडपका कारण दिनभर नै तनावग्रस्त रह्यो । त्यस क्रममा एक जना आन्दोलनकारीको मृत्युसमेत भएको छ भने थुप्रै आन्दोलनकारी र प्रहरी घाइते भएका छन् ।

दिल्लीमा किसान आन्दोलनमा झडप, विभिन्न इलाकामा इन्टरनेट बन्द

दिल्लीमा मंगलबार किसानहरुको ट्रयाक्टर मार्चमा हुलदंगा मच्चदा झडप भएको छ । लाल किल्ला आसपास जम्मा भएका किसानहरुमाथि पुलिसले लाठीचार्ज गरेको हो । त्यहाँबाट किसानलाई निकाल्ने कोसिस गरिदैं थियो, त्यति नै बेला उपद्रो मच्चियो र लोडफोड सुरु भयो । पुलिसले उनीहरुलाई निकाल्न कडा कदम चाल्यो । तनाव बढेपछि यस क्षेत्रमा केही समय इन्टरनेट पनि बन्द गरिएको थियो । अहिले पनि सयौं प्रदर्शनकारी लाल किल्ला परिसरमा उपस्थित छन् । किसानको आन्दोलन चलिरहेका अन्य स्थल सिन्धु, टिकरी, गाजीपुर सीमा, मुकरबा चोक र नां

आन्दोलनरत किसान र प्रहरीबीच झडप, दिल्लीमा तनाव

किसान आन्दोलनले उग्र रुप लिएपछि भारतको राजधानी नयाँदिल्लीका विभिन्न स्थान तनावग्रस्त बनेको छ । मंगलबार बिहान दिल्लीको मुख्य भागतर्फ अगाडि बढेका आन्दोलनरत किसानहरु उग्र बनेपछि आईटीओ, अक्षरधामलगायतका स्थानहरु तनावग्रस्त बनेको हो ।