भारत : किसान आन्दोलन जारी, दुई पक्षबीच हिंसक झडप (भिडियो)

भारतमा किसानहरूले तीन नयाँ कृषि कानूनविरुद्ध गरिरहेको आन्दोलनका क्रममा शुक्रवार दिल्लीको सिंघु सीमामा हिंसा भएको छ ।  किसान प्रदर्शनकारी र स्थानीय मानिसहरूले ढुंगा हानाहान गरेका छन् । त्यसअघि स्थानीयहरूले प्रदर्शनकारीहरूलाई हटाउन माग गरेका थिए ।  ढुंगा हानाहान भएपछि सुरक्षाकर्मीहरूले अश्रूग्यास र लाठीचार्ज गर्नुपरेको थियो । विरोध प्रदर्शनको भिडियो पनि सार्वजनिक गरिएको छ ।  बिहीवार रातभरि दिल्ली र उत्तर प्रदेशको गाजीपुर सीमामा तनाव भएको थियो । किसानहरू ट्य्राक्टरमा नभई सडकमा नै सुतेका थिए ।  ...