दिल्लीमा किसान आन्दोलन भड्किएसँगै धेरै क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ ।
इन्टरनेट बन्द गरिएसँगै करिब ५ करोड प्रयोगकर्ता प्रभावित भएको बताइएको छ ।
भारतको गृह मन्त्रालयले मंंगलवार राजधानीसहित केही क्षेत्रमा इन्टरनेट बन्द गरेको थियो ।
किसानको ट्याक्टर र्यालीपछि भएको हंगामामा एक जनाको मृत्यु भइसकेको छ भने केही मानिस घाइते भएका छन् ।
त्यसपश्चात राष्ट्रिय राजधानी क्षेत्रको सिंघु, गाजीपुर, टिकरी, मुकरबा चोक, नांगलोई तथा त्यस आसपासका क्षेत्रहरूमा इन्टरनेट बन्द गरिदिएको थियो ।