ढुवानीमा भ्याटसम्बन्धी अन्योल हटाउन छलफल

विराटनगर। सरकारले आर्थिक ऐन २०८० मार्फत वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्ने ढुवानी व्यवसायी मूल्य अभिवृद्धिकर (भ्याट) मा दर्ता हुनुपर्ने व्यवस्था लागू गरेपछि यसबाट उत्पन्न अन्योल हटाउन आन्तरिक राजस्व कार्यालय विराटनगरले ढुवानी व्यवसायीसँग छलफल गरेको छ ।  छलफलमा व्यवसायीले पटकपटक ढुवानीमा भ्याट लगाउने र हटाउने गर्दा अन्योलमा परेको गुनासो गरे । सरकारले २०७६ सालमा ढुवानीमा भ्याट लागू गरेको थियो । २०७८ सालमा त्यसलाई हटायो । अहिले पुन: लगाएको छ । आर्थिक ऐनले तोकेभन्दा बढी रकमको कारोबार गर्ने ढुवानी व्यवसायीले भ्याटमा दर्ता भई कारोबारको खाता चुस्त दुरुस्त राख्नुका साथै बिल बिजक जारी गर्नुपर्छ ।  छलफलमा उठेको प्रश्नको जवाफ दिँदै कार्यालयका प्रमुख कर अधिकृत डा. डीबी क्षेत्रीले सरकारले ल्याएको नयाँ नीतिगत व्यवस्था सबैले पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा ट्रक व्यवसायी महासंघका केन्द्रीय उपमहासचिव मेघराज सिग्देल, विराटनगर ट्रान्सपोर्ट एशोसिएशन मोरङका उपाध्यक्ष शम्भु भट्टराई, महासचिव खगेन्द्र सिग्देल लगायतका ढुवानी व्यवसायीको सहभागिता थियो । डा. क्षेत्रीले समयसमयमा सरकारको नीतिगत व्यवस्थाबारे व्यवसायीलाई सुसूचित गराइरहेका छन् ।  आलु, प्याज र सागसब्जी भ्याट लागू गरिएपछि क्षेत्रीले व्यवसायीलक्षित करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका थिए । 

सम्बन्धित सामग्री

विद्यालय पुनर्निर्माणमा ६ अर्बभन्दा बढी लाग्ने अनुमान‚ ‘मोडालिटी’मा अझै अन्योल !

काठमाडौं : जाजरकोट र रूकुम (पश्चिम) मा भूकम्प गएको २ महिना पुग्दा पनि अझै कस्तो मोडालिटीमा विद्यालयको पुनर्निर्माण गर्ने भन्नेमा सरकार अन्योलमा रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नै यसबारे अझै अन्योल रहेको भन्दै छलफल गरिरहेको जानकारी दिएको हो। आज (मंगलबार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुनर्निर्माण सम्बन्धमा छलफल भएको थियो।उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं समितिका सदस्य सुमना

दशैँ नजिकिँदै, अग्रिम टिकटबारे अझै अन्योल

काठमाडौं : दशैँ आउन करिब एक महिनामात्र बाँकी हुँदा पनि अग्रिम टिकट खुलाउनेसम्बन्धमा अन्योल देखिएको छ।सरकारले अग्रिम टिकट खोल्न कुनै चासो देखाएको छैन। घटस्थापना आउन करिब २५ दिनमात्र बाँकी रहँदा यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच लामो रुटमा चल्ने सवारीसाधनको अग्रिम टिकट खोल्न कुनै छलफल भएको छैन।दशैँका समयमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन्। धेरै ठाउँमा बाटो बिग्रिएकाले दुःख पाउने अवस्था रहेको यातायात व्यवसायी

एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूको शपथ अन्योल

नेकपा एकीकृत समाजवादी पार्टीबाट नियुक्त भएका नयाँ मन्त्रीहरूको शपथग्रहणमा अन्योल देखिएको छ । यसको तयारी न राष्ट्रपति कार्यालयमा देखिएको छ न प्रधानमन्त्री कार्यालयमा । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले नव नियुक्त मन्त्रीहरूलाई शपथ खुवाउनेबारे हालसम्म कुनै जानकारी नआएको बताए ।स्वास्थ्य मन्त्रीबाट हटाइएका विरोध खतिवडाले पनि नयाँ मन्त्रीहरूको शपथग्रहणको कुनै टुङ्गो नलागेको बताए । यस विषयमा पार्टीमा छलफल हुँदै होला भन्दै उनले शपथ ग्रहणको टुङ्गो लागेप

संसद्मा हुने ‘प्रि–बजेट’ छलफल अन्योलमा

संघीय संसद्मा आगामी आर्थिक वर्ष २०७९–०८०को ‘पूर्वबजेट छलफल’ (प्रि–बजेट डिस्कसन)हुने–नहुने अन्योल देखिएको छ । ३० वैशाखलाई तोकिएको स्थानीय तहको चुनावअघि संसद् बैठक बस्ने सम्भावना छैन । तर, संघीय संसद्मा बजेट प्रस्तुत हुनुभन्दा...

निर्वाचनअघि संसद् अधिवेशन बोलाउन अन्योल

स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएपछि संसदको बजेट अधिवेशन बोलाउने सम्बन्धमा अन्योल भएको छ ।संवैधानिक व्यवस्था अनुसार १५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । त्यसको १५ दिन अगाडी नै सरकारको नीति कार्यक्रममाथि छलफल र पूर्व बजेट छलफल हुनुपर्ने भएपनि स्थानीय तहको निर्वाचनका कारण सरकारले बजेट अधिवेशन बोलाउन ढिलो गरे पूर्व बजेट छलफलमा पर्याप्त समय […]

निर्वाचनको अन्योलबारे गठबन्धन र कानुनविद्बीच बालुवाटारमा छलफल

काठमाडौं : स्थानीय तहको निर्वाचनबारे भएको अलमलबारे पाँच दलीय सत्ता गठबन्धनले कानुनविद्सँग छलफल सुरु गरेको छ। शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिले निर्वाचनबारे अन्योल हटाउन कानुनविद्हरूसँग छलफल गर्ने निर्णय गरेपछि अहिले छलफल जारी छ। पाँच दलीय सत्ता गठबन्धनमा तीनै तहको निर्वाचन एकैपटक गर्न पर्ने संवैधानिक र कानुनी अड्चनबारे छलफल थालेको छ। निर्वाचनबारे गठबन्धनकै दलहरू एकमत हुन सकेका छैनन्। छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर दे

बागमती प्रदेशसभा आज बस्दै, एमालेका कारण बैठक अन्योल

काठमाडौं : बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। तर, सत्तारूढ नेकपा एमालेले नै बैठकमा उपस्थित हुन नसक्ने भनेपछि अन्योल पैदा भएको छ।आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची थियो। गत असोज २४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकी थिइन्। प्रस्तावमाथि आज बस्ने बैठकमा छलफल र मतविभाजन हुने तय भए पनि एमालेले प्रदेशसभाको बैठक सार्न भन्दै सभामुखलाई पत्र पठाएको छ।बागमती सरकारको आयु लम्ब्याउन एमाल

कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत १३ जिल्लामा वडा अधिवेशन अन्योल

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया अन्तर्गत १३ जिल्लामा वडा अधिवेशन अन्योल भएको छ । क्रियाशील सदस्यता विवाद टुङ्गो नलाग्दा १३ जिल्लाको अधिवेशन अनिश्चित बनेको हो । विवाद रहेका जिल्लामा कार्यदलले निरन्तर छलफल गरिरहेको र एक/दुई दिनमै टुङ्गोमा पुग्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । आज विभिन्न ७ जिल्लामा वडा अधिवेशन हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवका अनुसार काठमाण्डौ, काभ्रे, मोरङ, बर्दिया, सिन्धुपाल्चोक, कपिलवस्तु र बाजुरामा वडा अधिवेशन हुन लागेको हो । प्रदेश-२ का आठ जिल्...

चुनावका लागि खर्च जोहो गर्न अन्योल

काठमाडौं । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना नहुने हो र घोषित मितिमै निर्वाचन गर्ने हो भने अब चुनाव आउन १०९ दिनमात्र बाँकी छ । सामान्य अवस्था हुँदो हो त यतिखेर चुनावी तयारी सुरु भइसकेको हुने थियो ।तर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरुसँग छलफल नगरी प्रतिनिधिसभा विघटन गरेपछि नेकपाकै अर्को पक्ष, केही कानुन व्यवसायी लगायतले प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।‘सर्वोच्चले के निर्णय गर्छ भन्ने अन्योल छ, समयमै निर्णय भए